वीरगन्ज :

नेपाल–भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिने

श्रेणी : राजनीति

2 years
birgunj report
8Views
0 Shares


काठमाडौं, भदौ २९ गते
नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेशमन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो । बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सविच विनय मोहन क्वात्रा सहभागी थिए ।

‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

दुवै देशका परराष्ट्र सचिवले विद्युत क्षेत्र, प्रसारण लाइन निर्माण, रेलवे कनेक्टिभिटी, आईसीपी निर्माण, पुल र अन्य महत्वपूर्ण पूर्वाधार लगायतका विभिन्न क्षेत्रमा भएको प्रगतिमा सन्तोष व्यक्त गरेका थिए ।बैठकमा मल आपूर्ति, गहुँ, चिनी, धान र चामल निकासीमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *