वीरगन्ज :

नेपाल बार एसोसिएसनद्वारा ५औँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना

श्रेणी : अन्तर्राष्ट्रिय

2 weeks
Pradeep Sah
2.4kViews
1091 Shares

काठमाडौँ, ०८ माघ । नेपाल बार एसोसिएसनले आगामी फागुन ३ देखि ५ गतेसम्म ५औँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जानकारी दिए । “मानव अधिकारको सहनशीलता: प्राविधिक, वातावरणीय, र सामाजिक चुनौतीहरूको सामना” भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रहेर सम्मेलनमा १२ वटा विषयगत सत्रमा छलफल हुनेछ ।

सम्मेलनमा ल एसियाका सदस्य र गैरसदस्य २० भन्दा बढी देशका १५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, र मानवअधिकारकर्मीहरूको सहभागिताले नेपालको मानवअधिकार प्रवर्द्धन र संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपालमा पहिलो पटक यो सम्मेलन आयोजना गर्न पाउँदा गर्व महसुस भएको अध्यक्ष घिमिरेले बताए । ५० वर्षदेखि कानुनी पेसाका हक र हितका लागि सक्रिय ल एसियाले यस सम्मेलनमार्फत मानव अधिकारका विविध आयाममा विचार विमर्श गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *