वीरगन्ज :

नेपाल प्रहरीमा ७५ डीएसपी पद खाली

श्रेणी : प्रदेश

7 days
Pradeep Sah
2.2kViews
1474 Shares

काठमाडौं,१६ माघ । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) पदका लागि ७५ स्थान खाली रहेका छन्। गत शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेसँगै रिक्त डीएसपी पदको संख्या ७५ पुगेको हो।

हाल डीएसपी पदका लागि मुख्य प्रतिस्पर्धामा २०७० सालमा इन्सपेक्टरमा भर्ना भएका अधिकारीहरू रहेका छन्। यो ब्याचका १४४ जनामध्ये दुई लटमा गरी ६५ जनाले डीएसपीमा बढुवा भइसकेको छ। पहिलो लटमा २२ जेठ २०८० मा रञ्जन अवा, कमल बेल्वासे, र यमकुमार श्रेष्ठसहित ४६ जना बढुवा भएका थिए। दोस्रो लटमा २२ चैत २०८० मा थप १९ जनाको बढुवा सिफारिस भएको थियो।

तर अझै ७९ जना इन्सपेक्टरमै कार्यरत छन्। डीएसपीका ७५ पद खाली हुँदा ४ अधिकृतको तेस्रो लटको बढुवामा छुट्ने पक्का भएको छ।

डीएसपी बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा समिति रहने व्यवस्था छ। समितिमा गृहमन्त्रालयका सहसचिव र प्रहरी महानिरीक्षकले तोकेका एआईजी वा डीआईजी सदस्य सचिव रहनेछन्।

बढुवा तयारी सुरु भएसँगै प्रतिस्पर्धीहरू सुरुवाती बरियतामा पर्नका लागि प्रयास गर्न विभिन्न शक्तिकेन्द्र धाउने गरेको बताइएको छ। प्रहरी प्रधान कार्यालयले चाँडै बढुवा सिफारिस प्रक्रिया सम्पन्न गर्ने तयारी गरिरहेको छ।

यो बढुवा प्रक्रियाले नेपाल प्रहरीको नेतृत्व तहमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *