वीरगन्ज :

नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा

श्रेणी : खेलकुद

2 years
birgunj report
36Views
0 Shares

काठमाडौं । नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार दशरथ रङ्गशालामा भएको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको हो ।

त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत् उत्कृष्ट गोल गरेका थिए । अब नेपालले फाइनलमा आगामी शुक्रबार लाओससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *