वीरगन्ज :

नेपाल टि-२० लिगमा काठमाडौं नाइट्सको विजयी सुरुवात

श्रेणी : खेलकुद

2 years
birgunj report
20Views
0 Shares

काठमाडौँ । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा काठमाडौँ नाइट्सले विजयी सुरुवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाडौँले विजयी सुरुवात गरेको हो । काठमाडौँले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै केवल १३६ रन मात्र जोड्न सक्यो ।

पोखराका लागि उपुल थरंगाले सर्वाधिक ४४ रन तथा आरिफ शेखले २० रन बनाए । काठमाडौँका लागि अविनाश बोहराले सर्वाधिक ३ तथा बसिर अहमदले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले तोकिएको १९ ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन जोड्यो । काठमाडौँका लागि अजमातुल्लाह ओमारजाईले ४२ बलमा अविजित रहँदै सर्वाधिक ८५ रनको योगदान गरे ।

अफगानिस्तानका युवा अलराउन्डर ओमरजाईले ३ चौका र ७ छक्का हिर्काए । सुनम गौतमले २७ तथा अलेक्स ब्लेकले २१ रन बनाए । पोखराका प्रतिश जिसी र जाहिर खानले समान २–२ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *