
श्रेणी : समाचार

नेपाल को एतिहासिक , धार्मिक तथा पर्यटकीय स्थल गोर्खा मा नेपाल जेसिज अन्तर्गतका बर्ष २०२३ का महासचिवहरुको भेला सम्पन्न भएको छ। यहि बैशाख २२ र २३ गते भएको उक्त महासचिवहरुको भेलाले आउँदो दिनमा जेसिज प्रति महासचिवहरुले गर्नु पर्ने काम र कर्तव्य बारे छलफल साथै सम्पूर्ण शाखाका महासचिवहरु विच परिचयात्मक कार्यक्रम गर्ने उद्घोष गरि सम्पन्न भएको छ।
गोर्खा जेसिज २०२३ का महासिचव संगमबाबु श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा नाल्दुम नगरकोट जेसिज २०२३ का महासचिव दिपा लामाले जेसिजको आस्था पाठ बाचन गर्नु भएको थियो ।
कार्यक्रम भव्य रुपमा सफल पार्नका लागि साथ र सहयोग गर्नु हुने शाखा अध्यक्षहरु, महासचिवहरु पूर्व अध्यक्षहरु, क्षेत्र संयोजकहरु र गोर्खा अन्र्गतका सम्पूर्ण होटल व्यवसायिहरुलाई गोर्खा जेसिजका महासचिव श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
भेलामा उपस्थित शाखा महासचिवहरुले गोर्खा म्युजियम, संग्राहलय, द्रव्य शाह चौतारा, चिल्ड्रन पार्क, भिमसेन पार्क, गोर्खा दरबार लगायतका ठाँउहरुको अवलोकन समेत गरेका थिए ।


प्रतिक्रिया