वीरगन्ज :

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

श्रेणी : कला / साहित्य

2 years
birgunj report
166Views
0 Shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । निरौला रेजिना उप्रेतीलाई २६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

शनिबार भएको मतदानमा ४ सय ६८ खसेको मतमा निरौलाले २ सय ३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत पाइन् ।

त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए । त्यस्तै महासचिवमा सविन श्रेष्ठ सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सह–कोषाध्यक्षमा पबित्रा आचार्य विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *