वीरगन्ज :

नेपाली सेनाको ऐतिहासिक “एकीकरण पदयात्रा” गोरखादेखि काठमाडौँसम्म सुरु

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
3.0kViews
1346 Shares

काठमाडौँ, पुस २१ । नेपालको एकीकरणकालीन ऐतिहासिक पदमार्गको संरक्षण र प्रचारप्रसारका लागि नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्मको “एकीकरण पदयात्रा” सुरु गरेको छ। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको यो पदयात्रा पुस २७ गते काठमाडौँको हनुमान ढोका दरबारमा विशेष समारोहमार्फत समापन हुनेछ।

यो पदयात्रा तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेका मार्गमा आधारित छ। नेपाली सेनाको रिपुर्मदन गण गोरखाका प्रमुख सेनानी अशोककुमार क्षेत्रीका अनुसार यस कार्यक्रमले इतिहासको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा टेवा पुग्नेछ।

गोरखा दरबारको हनुमान भञ्ज्याङ चौताराबाट सेनाको टोलीले नेपालको राष्ट्रिय झण्डा र लाइट बोकेर यात्रा सुरु गरेको छ। पदयात्राका क्रममा गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म झण्डा र लाइट हस्तान्तरण गर्दै जाने परम्परागत शैली अपनाइएको छ।

पदयात्रामा पृथ्वीनारायण शाहले स्थापना गरेको पहिलो पाँच कम्पनी – श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण, र सुवज गणका झण्डाहरू पनि समावेश गरिएको छ।

गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा आयोजित यस पदयात्रा नेपाली सेनाले विगत छ वर्षदेखि ऐतिहासिक पदमार्गको प्रवर्द्धनका लागि सञ्चालन गर्दै आएको हो।

पदयात्रा टोलीलाई नेपाली सेना पश्चिम पृतनापति एवं उपरथी मधुकर सिं कार्की, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर लगायतका व्यक्तित्वहरूले बिदाइ गरे।

यो कार्यक्रमले ऐतिहासिक पदमार्गको सांस्कृतिक र राष्ट्रिय महत्त्वलाई पुनर्जीवित गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *