वीरगन्ज :

नेपाली बालिकालाई भारतकाे केरला लग्न खाेज्ने इस्राफिल पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.2kViews
1955 Shares

वीरगंज । नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ बर्षिय नाबालिगलाई नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका वीरगंजका २६ बर्षिय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् ।

अन्सारीलाई भारतकाे उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुकाे साथै नाबालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।

बालिकाले साेधपुछकाे क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेकाे ब्यान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणकाे बारेमा अनुसन्धान गरिरहेको इन्सपेक्टर शर्माले वताए ।

उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसंग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका थिए ।

युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरेपनि फेला पार्न सकेनन् । आफ्नाे छाेरी बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप कल आयो र मोहम्मद इस्राफिल अन्सारीले आफ्नी केटीलाई बिर्सिदेऊ र अब कहिल्यै फिर्ता नपाउने धम्की दिए ।

काउन्सिलिङका क्रममा नाबालिग बालिकाले भनिन् कि एक दिन मोहम्मद इस्राफिल अन्सारी आफ्नो फोन घरमा बिर्सेर घरबाट बाहिर गए, त्यसपछि उनका एक नातेदारले उनलाई फोन गरे र मोहम्मद इस्राफिल अन्सारी कहाँ छन् भनेर सोधे ? युवतीले भनिन् को इस्राफिल ? त्यसपछि युवतीले आफ्नो वास्तविक नाम थाहा पाउन अघि नै युवतीले उनको नाम मुन्ना महतो भनेर चिनिन् ।

सोधपुछका क्रममा उनले थप दुई युवतीसँग विवाह गरि छाडेर गएको पनि खुलासा भएको भारतिय प्रहरीले जनाएकाे छ । कालिका टाईम्स 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *