वीरगन्ज :

नेपाली नक्कली नाेटसहित दुई जना पक्राउ

श्रेणी : BANNER

8 months
Pradeep Sah
2.9kViews
1007 Shares

वीरगंज (पर्सा), १८ वैशाख । वडा प्रहरी कार्यालय विर्ताले साेमबार वीरगंजबाट नेपाली नक्कली नाेटसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ निवासी ४० बर्षिय हलिमा खातुन र भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायतका ३० बर्षिय क्यामुदिन मियाँ रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ९ घण्टाघरस्थित सडकखण्डमा साेमबार राति ८ बजेकाे समयमा संकास्पदरूपमा पैदल हिंडिरहेका अवस्थामा रोकी खानतलासी गर्दा भारतिय नागरिक क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली रू. एक हजार दरका नोट १ थान र हलिमा खातुनको साथबाट नक्कली नेपाली रु. एक हजार दरका नोट १२२ थान गरी जम्मा रु एक लाख २३ हजार फेला परेकाे प्रवक्ता थापाले वताए ।

बरामद नक्कली नोट सहित दुबै जनालाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *