
श्रेणी : मधेस
बीरगन्ज,१४ असार । नेपालमै पहिलो पूर्णरूपमा भिट्रिफाइड टायल्स उत्पादन गर्ने ‘लेमिनार’ ब्राण्डले आफ्नो नयाँ शोरूम बीरगन्जमा सञ्चालनमा ल्याएको छ। बीरगन्जको लिंक रोडस्थित ‘इशा बिल्ड मार्ट’ मा स्थापना गरिएको यो शोरूमले स्थानीय उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको टायल्स नेपाली बजारमै उपलब्ध गराउने उद्देश्य राखेको छ।
शोरूमको उद्घाटन बीरगन्ज महानगरका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले स्वदेशी उत्पादनप्रति युवाहरुको लगाव र उद्यमशीलतालाई प्रशंसा गर्दै भने, “देशमै बसेर उद्योग स्थापनाको साहस देखाउने युवाहरुको यो प्रयास सराहनीय छ। स्वदेशी उत्पादनको प्रवर्द्धन हाम्रो दायित्व हो।”
उनले बेरोजगारी र युवा पलायनको समस्याको समाधानका लागि स्वदेशी उद्योगको विकास अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि टायल्स उत्पादनजस्तो निर्माण सामग्रीमा आधारित उद्योग स्थापना गर्नु आफैँमा चुनौतीपूर्ण भए पनि युवाहरुले लिएको यो जोखिम प्रेरणादायक भएको बताए। उनले उद्योगमा अस्वस्थ प्रतिस्पर्धाको सट्टा दीर्घकालीन टिकाउ र गुणस्तरीय उत्पादनतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।
‘एम्पोरियो’ श्रेणीअन्तर्गत सञ्चालनमा ल्याइएको यो शोरूममा निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्री एकै छानामुनि उपलब्ध हुने जानकारी लेमिनार टायल्सका निर्देशक आशुतोष खेतानले दिए।
लेमिनारका अर्का निर्देशक अभिनव चुरिवालका अनुसार, कम्पनीको उत्पादन अत्याधुनिक युरोपेली प्रविधिबाट बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित कारखानामा तयार हुन्छ। उनका अनुसार, लेमिनार टायल्स अन्य सामान्य टायल्सको तुलनामा बढी भार सहनसक्ने, बलियो र वाटरप्रुफ (९९.९२%) हुने छन्।
कम्पनीले पाँच फरक आकार र ५०० भन्दा बढी आकर्षक डिजाइनमा टायल्स बजारमा ल्याएको छ। अत्याधुनिक उत्पादन प्रक्रिया र उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोगका कारण लेमिनार टायल्स चार गुणा बढी टिकाउ हुने दावी कम्पनीले गरेको छ।
नेपालमै उत्पादित गुणस्तरीय टायल्सले बजारमा नयाँ मापदण्ड तय गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया