
श्रेणी : BANNER

वीरगंज, पर्सा
नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १(ख) मा प्रदेश सभाको उम्मेदवार रामनारायण कुर्मी लाइ जिताउ अभियान जारी रहेको छ।
आज बिहान वीरगंज महानगरपालिका वडा नं ७ को
सम्पुर्ण बुथ सभापतिको बैठक सम्पन्न भएको छ। उक्त बुथ सभापति बैठक निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को प्रमुख अतिथि तथा वडा नं ७ का बुथ सभापति सुरेश गुप्ता को अध्यक्षतामा भएको बैठकमा रामबहादुर श्रेष्ठ बुथ सचिव,हिराकाजर महर्जन वडा अध्यक्ष,अनिल सिंह प्रदेश (ख) अध्यक्ष,कन्हैया ठाकुर कार्यपालिका सदस्य (वीरगंज म. न.पा),किरण सरकार,रवि रोसन ठाकुर लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।
उक्त बुथ कमिटी को बैठक बाट वीरगंज महानगरपालिका वडा नं ७ मा नेपाली कांग्रेस को चुनाव चिन्ह (गाछी छाप) मतदान गर्न को निमित्त प्रचार प्रसारमा लाग्न बैठक बाट निर्णय गरेको हो।
नेता रामनारायण कुर्मी जिताउ भने निरन्तरको अभियान वीरगंज महानगरपालिका वडा नं ७ नगवामा मतदाताहरुको बिचमा गइ भेटघाट गरि नेपाली कांग्रेस को चुनाव चिन्ह (गाछी) छाप मा मतदान गरि विजयी गराउन आग्रह गरेका हुन्

प्रतिक्रिया