वीरगन्ज :

नेपाली कांग्रेस दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी हुने

श्रेणी : समाचार

2 years
birgunj report
35Views
0 Shares

जनकपुरधाम । नेपाली कांग्रेस दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा दलका नेता यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रूपमा वीरेन्द्रप्रसाद सिंहले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचिव लालबाबु यादवले जानकारी दिएका छन् ।

अन्य पार्टीको सरकारमा सहभागिताका विषयमा छलफल जारी नै रहेको उनले बताए । लोसपा र नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषय टुङ्गिन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *