वीरगन्ज :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
3.0kViews
1787 Shares

काठमाडौं,३१ जेठ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी असार १५ गते (शनिबार)का दिन बस्ने निर्णय गरेको छ। मुलुकको बदलिँदो राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित प्रतिनिधिहरूको अनिवार्य उपस्थिति अपेक्षित छ। उनले बैठकलाई विशेष महत्त्व दिँदै देशको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भूमिकाबारे गहिरो छलफल हुने जानकारी दिएका छन्।

बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको विश्लेषण, सत्तारूढ गठबन्धन र सरकारको कार्यशैलीको समीक्षा, आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरणका रणनीति लगायतका विषयमा विशेष ध्यान केन्द्रित गरिने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *