वीरगन्ज :

नेपाली कांग्रस पर्साले पनि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1940 Shares

वीरगंज । नेपाली कांग्रेस पर्साले सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएकाे छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार पर्सा जिल्लाको सबै वडाहरुमा यहि माघ १६ गते सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएकाे नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले जानकारी दिए ।

उनका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानकाे नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको सह सचिव सिंहले वताए ।

साे अभियान संचालनकाे लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् तराई मधेश समन्वय बिभाग प्रमुख किरण यादवलाई खटाइएकाे छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेकाे बैठकले पर्साका सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेकाे छ ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *