वीरगन्ज :

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जघन्य र अक्षम्य अपराध होः भट्टराई

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेता स्वयं उपस्थित भएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत भट्टराईले समग्रमा परिवर्तनलाई सुरक्षित र बलियो बनाउन ओहोदामा बसेर गल्ती कमजोरी गर्ने नेताहरुले आफ्ना गल्ती कमजोरीलाई स्वयंले ओकल्ने बेला आएको बताएका हुन् ।

उनले भनेका छन्,‘नाम जोडिएका नेताहरु स्वयं उपस्थित भएर छानबिनमा सहयोगी बन्नु वाञ्छित छ । देश, लोकतन्त्र, गणतन्त्र अर्थात् मुलुक र समग्रमा परिवर्तनलाई सुरक्षित र बलियो बनाउन ओहोदामा बसेर गल्ती कमजोरी गर्ने नेताहरुले आफ्ना गल्ती कमजोरीलाई स्वयंले ओकल्ने बेला आएको छ । त्यसले मात्रै देश र परिवर्तनलाई बलियो बनाउँछ । सफाई दिऔ र अपराध छ भने स्वयं दण्डित हुने प्रायश्चितको बाटो समाऔं ।’

उनले यो असाधारण, जघन्य र अक्षम्य अपराध भएकाले यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनै पर्ने बताएका छन् । उनले भनेका छन्, ‘नक्कली शरणार्थी अपराधःअथोरिटी अपराधी बन्दा राज्यको प्रभाव र विश्वसनीयता समाप्त हुन्छ । यो राष्ट्रियताको प्रश्न पनि हो । विश्व समुदायले हाम्रो देश र सत्तालाई कसरी हेर्ने भन्ने प्रश्न जन्मिन्छ । देशकै शिर निहुरिन्छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरीका पठाउने र पैसा असुल्ने अपराध यही कोटीको अपराध हो । यो असाधारण, जघन्य र अक्षम्य अपराध हो । यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनै पर्दछ । अपराधी कुनै राजनीतिक दलको पर्खालभित्र सुरक्षित हुन सक्दैन, हुनुहुँदैन । यस किसिमका अपराधलाई कुनै दल वा व्यक्तिमाथि पूर्वाग्रह साध्ने औजार पनि बनाईनु हुँदैन । कसैलाई डाम्ने कसैलाई जोगाउने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *