वीरगन्ज :

नेपालविरुद्ध भियतनामको सहज जित

श्रेणी : खेलकुद

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । फ्रान्सको पेरिसमा हुने महिला फुटबल ओलम्पिक एसियन छनोटको पहिलो चरणमा नेपाल भियतनामसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालविरुद्ध भियतनामाले ५–१ को गरेको हो ।

भियतनामलाई जित दिलाउन कप्तान हुयन्ह न्हुले दुई गोल, पाम हाइ येन, न्युयेन थि बिच थुय र एनगुयेन थि थाना न्हाले समान एक गोल गरेका थिए । नेपालकी सावित्रा भन्डारीले एक गोल फर्काएकी थिइन् ।

खेलको ११औँ मिनेटमा पाम हाइ येनले गरेको गोलबाट भियतनामले अग्रता बनाएको थियो । छनोटको पहिलो चरणमा नेपाल र भियतनाम समूह ’सी’ मा छन् । यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए ।

तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोेस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । यी दुई टिमबीचको अर्को खेल चैन २५ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *