
श्रेणी : मधेस

वीरगंज, पर्सा
राष्ट्रपतिले सपथ ग्रहण गरे संगै वीरगंज महानगरपालिका उप-प्रमुख इम्तिया आलमले पुरानो राष्ट्रपति बिध्या देवि भन्डारीको फोटो हटाइ अहिले चुनिएका नया राष्ट्रपति रामचन्द्र पौडेलको फोटो लगाएका छन ।
फाल्गुन १० गते भएको चुनावमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सपथ ग्रहण पछि कार्यभार सम्हाले लगत्तै वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको कार्यकक्षबाट पुर्व राष्ट्रपति बिध्या देवी भण्डारीको फोटो हटाएर रामचन्द्र पौडेलको फोटो राखिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । उनले एमालेका नेता सुवास नेवाङ लाई पराजित गरेका थिए।


प्रतिक्रिया