बीरगन्ज, ६ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेपालमा भइरहेको अवैध आर्थिक गतिविधि र तस्करीबारे पहिल्यै चेतावनी दिएको दाबी गरेका छन् ।
उनले हालै २५ करोड रुपैयाँ ट्रकबाट पक्राउ परेको घटनालाई सुन तस्करीसँग जोड्दै, उक्त रकम नेता र तस्करहरूको संलग्नता रहेको आरोप समेत लगाएका छन् । । उनका अनुसार, उक्त पैसा चीन जाने र त्यहाँबाट अवैध रूपमा सुन नेपाल भित्रिने र अवैध सुन व्यापार भारत हुँदै अमेरिका र अरब राष्ट्रहरूमा पुर्याइने दाबी समेत गरेका छन् ।
“मैले पहिल्यै भनेको थिएँ, नेपाललाई बर्बाद पार्ने खतरा छिमेकी मुलुकबाटै छ । मैले भारतलाई पनि यसबारे जानकारी गराएको थिएँ,” उनले भने।
नेपालमा भइरहेको अवैध कारोबारबारे सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा उनले जाेड दिए ।
प्रतिक्रिया