२०८२ बैशाख ७, आइतबार

वीरगन्ज :
१४:४४:१२

नेपालमै स्यानिटरी प्याड उत्पादन सम्भव : सांसद तोसिमा कार्की

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.9kViews
1854 Shares

काठमाडौं, ०५ फागुन । सांसद डा. तोसिमा कार्कीले नेपालमै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगहरू भए पनि कच्चा पदार्थमा लाग्ने उच्च भन्सारका कारण प्रतिस्पर्धा गर्न नसकेको बताएकी छन् ।

उनका अनुसार, स्थानीय उद्योगहरूलाई प्रवर्द्धन गर्न र नेपाली महिलाहरूलाई किफायती मूल्यमा स्यानिटरी प्याड उपलब्ध गराउन सरकारले कच्चा पदार्थमा लाग्ने भन्सार दर पुनरावलोकन गर्नुपर्छ ।

“स्वदेशी उद्योगहरू सञ्चालनमा आए पनि प्रतिस्पर्धी बन्न सकेका छैनन्। सरकारले नीति परिवर्तन नगरेसम्म नेपाली उत्पादन टिक्न गाह्रो छ,” सांसद कार्कीले संसदमा भनिन् ।

उनले महिलाका लागि स्यानिटरी सामग्री सहज पहुँचमा पुर्‍याउन उत्पादनमै लगानी बढाउन र कर नीति संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *