वीरगन्ज :

नेपालमै सुरु भयो बैंक नोटबाहेक सबै सुरक्षा छपाइ: सञ्चारमन्त्री गुरुङ

श्रेणी : BANNER

3 months
Pradeep Sah
2.8kViews
1089 Shares

काठमाडौँ,२४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमै बैंक नोटबाहेक सबै प्रकारका सुरक्षा छपाइ सामग्री उत्पादन सुरु भइसकेको बताएका छन्।

बुधबार आयोजित गोरखापत्र दैनिकको १२५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनपछि पासपोर्टलगायतका सुरक्षाका सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने स्पष्ट पारे।

मन्त्री गुरुङले भने, “बैंक नोटबाहेक सबै सामग्री छाप्ने प्रविधियुक्त प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ। अबदेखि यस्ता चिजहरू छपाइका लागि विदेश जानुपर्ने आवश्यकता छैन। आवश्यक म्यानपावर र वित्तीय तयारीको काम भइरहेका छन्।”

उनका अनुसार यो पहल सञ्चार मन्त्रालयमार्फत अगाडि बढाइएको छ।

त्यसै अवसरमा उनले चलचित्र विकास बोर्डका लागि नयाँ कानुन प्रस्ताव भइसकेको र चाँडै पास हुने जानकारी पनि दिए। “चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापन गरेर नयाँ ऐन ल्याउने प्रक्रिया अघि बढिसकेको छ। बोर्डको आफ्नै भवन र स्टुडियो निर्माणको काम पनि यही वर्षदेखि सुरु हुन्छ,” उनले भने।

चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विकसित गर्दै ठुलो मात्रामा राजस्व आर्जन गर्ने लक्ष्यसहित मन्त्रालयले योजना अघि बढाएको उनको भनाइ थियो। “चलचित्र क्षेत्र कोमामा थियो, अब त्यसलाई पुनर्जीवन दिइरहेका छौँ,” मन्त्री गुरुङले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *