वीरगन्ज :

नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.3kViews
1584 Shares

काठमाडौं,१३ जेठ । छिमेकी मुलुक भारत र चीनमा फेरि कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि स्वास्थ्य सतर्कता बढाइएको छ। पछिल्लो परीक्षणअनुसार नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले भारतमा संक्रमण बढेको देखिएपछि नेपालमा पनि नियन्त्रण र पूर्वतयारीका उपायहरू सक्रिय बनाइएको जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा भेटिएका हुन् भने बाँकी ६ जना काभ्रेका स्थानीय बासिन्दा हुन्। ती संक्रमितहरू हाल भारत गएका नभएकाले स्थानीयस्तरमै संक्रमण भएको देखिएको छ।

डा. झाले स्वास्थ्य मन्त्रालयसँग परीक्षण किटको व्यवस्था गर्न अनुरोध गरिसकिएको र आवश्यक परे तुरुन्तै पठाउन सकिने तयारी गरिएको बताए। उनले सबै सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई अलर्टमा राखिएको पनि जानकारी दिए।

यस्तै, स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग आवश्यक तयारीका लागि छलफल भइसकेको र सीमा नाका तथा विमानस्थलहरूमा हेल्थ डेस्कहरू सक्रिय बनाइएका छन्।

संक्रमण देखिएका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको र फोन सम्पर्कमार्फत निगरानी भइरहेको डा. झाले बताए। हाल संक्रमित संख्या थोरै भएकाले जिन सिक्वेन्सिङ गरिएको छैन तर संख्या बढेमा त्यसको आवश्यकता पर्ने उनले स्पष्ट गरे।

डा. झाले विशेषगरी वृद्ध र दीर्घरोगीहरूमा संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। भिडभाडमा जाँदा मास्कको प्रयोग, हातको सफाइ र सावधानी अपनाउनु अहिलेको मुख्य उपाय भएको उनले बताए।

कोरोना अहिलेको अवस्थामा ‘कडा’ होइन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखा प्रमुख डा. शेर बहादुर पुनले अहिले देखिएको कोरोना संक्रमण कडा खालको नभएको बताउँदै अत्यधिक डराउनु नपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *