श्रेणी : अन्तर्राष्ट्रिय
      2.4kViews
      
      
      1596
      Shares
      
      
काठमाडौँ,२८ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी-२० सिरिजको घोषणा गरेको छ। प्रतियोगिता काठमाडौँको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म सञ्चालन हुनेछ।
सिरिजमा नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डका महिला टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीले एकअर्कासँग ३–३ खेल खेल्नेछ। लिग चरणको शीर्ष दुई टोलीले फेब्रुअरी ८ मा फाइनल खेल्नेछन्।
सिरिजका सबै खेलहरू टियु क्रिकेट मैदानमा अपराह्न १२:१५ बजेबाट सुरु हुनेछन्।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया