वीरगन्ज :

नेपालमाथि थिचोमिचो नगर्न भारतलाई ओलीको आग्रह

श्रेणी : BANNER

3 years
birgunj report
58Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन् । शुक्रबार दार्चुलाको पहिलो चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नदी वरतिर सर्यो भनेर सीमा वरतिर सारेर भारतले झमेला गरिरहेको बताएका हुन् । उनले भारतलाई सानो चित्त नगर्न आग्रहसमेत गरे ।

उनले भने,‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्यो कि सिमाना सारिहाल्ने?’ उनले नेपालमाथि थिचोमिचो नगर्नसमेत आग्रह गरे । ओलीले नेपालको एक इन्च भूमि पनि मिचिन नदिने बताए ।

उनले नेपालको भूमी मिचिएको भए फिर्ता ल्याउने बताए । उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *