वीरगन्ज :

नेपालगञ्जमा दिउँसो कर्फ्यु हट्यो, निषेधाज्ञा भने कायमै

श्रेणी : BANNER

2 years
birgunj report
45Views
0 Shares

नेपालगंज । दुई धार्मिक समुदायबीच उत्पन्न विवादका कारण स्थानीय प्रशासनले बाँकेको नेपालगञ्जमा लगाइएको अनिश्चितकालीन कर्फ्यु हटाएको छ । जिल्ला प्रशासन कार्यालयले आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु यथावत रहने जनाएको छ । यद्पि निषेधाज्ञा भने दिउँसो पनि जारी गरिएको छ ।

दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएकोले उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर–पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको उक्त सूचनामा उल्लेख छ ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्ममान गर्न सबैमा अनुरोधसमेत गरिएको छ । सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *