श्रेणी : BANNER
121Views
0
Shares
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । विमानस्थलबाट राजश्व कार्यालय दाङका अधिकृत खगेन्द्र सापकोटा २६ लाख नगदसहित पक्राउ परेका हुन् ।
नेपालगञ्जबाट काठमाडौं जाने क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।सापकोटा नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका थिए । प्रहरीले उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाएको छ।

प्रतिक्रिया