वीरगन्ज :

नेपालका परिवर्तनमा सञ्चारकर्मीको योगदान महत्वपूर्ण: विमलेन्द्र निधि

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.5kViews
1274 Shares

जनकपुर,०१ पुस । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालका हरेक राजनीतिक तथा सामाजिक परिवर्तनमा सञ्चारकर्मीहरूको भूमिकालाई अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्।

जनकपुरधामस्थित आफ्नो निवासमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्मान गर्दै नेता निधिले लोकतन्त्र र सञ्चार एकअर्काका पूरक भएको उल्लेख गरे। उनले स्वतन्त्र सञ्चार बिना लोकतन्त्रको अस्तित्वको कल्पना गर्न नसकिने बताए।

नेता निधिले राज्यलाई अझ बढी जिम्मेवार र सकारात्मक बनाउन सञ्चारकर्मीहरूले खबरदारी गर्नुपर्ने बताए। “सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सञ्चारकर्मीहरूको भूमिका अपरिहार्य छ,” उनले भने।

उनले लोकतान्त्रिक अभ्यासमा भएका कमी–कमजोरीलाई उजागर गर्दै सुधारका लागि कलम चलाउनु सञ्चारकर्मीको प्रमुख दायित्व भएको स्पष्ट पारे।

पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उनले स्वतन्त्र र उत्तरदायी सञ्चारले मात्रै मुलुकलाई समृद्धिको मार्गमा लैजान सक्ने बताए। “सकारात्मक परिवर्तनका लागि सञ्चारकर्मीहरूले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्छ,” निधिले जोड दिए।

निधिले लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सञ्चार क्षेत्रको महत्व पुनः पुष्टि गर्दै सञ्चारमाध्यमले आफ्नो स्वतन्त्रता र जिम्मेवारी दुवैलाई सही तरिकाले निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।  कार्यक्रममा महासङ्घ धनुषा शाखाका नवनिर्वाचित पदाधिकारीहरूले पनि सञ्चार क्षेत्रलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *