वीरगन्ज :

नेता विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जली

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.9kViews
1756 Shares

काठमाडौं, ०८फागुन । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा पूर्वसंविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। बिहीबार (फागुन ८) बिहान उपचारका क्रममा निधन भएका सापकोटाको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय, आलोनगरमा राखिएको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहित पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
५९ वर्षीय सापकोटा ०७० सालको दोस्रो संविधानसभा चुनावमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–४ बाट विजयी भएका थिए। पार्टीले उनको निधनमा गहिरो दुःख प्रकट गर्दै सम्मानस्वरूप उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *