वीरगन्ज :

नेताहरुको चुनावी खर्चमाथि निगरानी राख्न अख्तियारलाई आयोगको आग्रह

श्रेणी : BANNER

2 years
birgunj report
17Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।

सोमबार बसेको आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ भन्दै अख्तियारमा पत्राचार गर्ने निर्णय गरेको हो ।

आयोगको निर्णयमा भनिएको छ,‘निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधन समेत) प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचार प्रसारका सन्दर्भमा हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने । माथि उल्लेख भए बमोजिमका विषयको कार्यान्वयनको सम्बन्धमा अध्ययन गरी आयोगको सचिवालयले आयोगमा जानकारी गराउने ।’

असोज ३१ गते राजपत्रमा प्रकाशित सूचनामा उम्मेद्वारहरुको खर्च सीमा समेत तोकिएको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकप्टर सेवा प्रयोग गरेको विषयमा चासो देखाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *