वीरगन्ज :

नेकपा एसकाे केन्द्रिय समितिमा पर्साबाट थप दुई जना

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.4kViews
1867 Shares

वीरगंज । नेकपा एकीकृत समाजवादीकाे केन्द्रिय समितिमा पर्साबाट थप दुई जना परेका छन् । एकीकृत समाजवादीले शनिबार सार्वजनिक गरेकाे थप दुई सय ५१ सदस्यीय केन्द्रिय सदस्यमा पर्साबाट बालगाेपाल थापा र मनाेज चाैधरी परेका हुन् ।

केन्द्रिय सदस्य भएका थापा पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत हुन् भने चाैधरी वीरगंज महानगर अध्यक्ष हुन् । यस अघिय नै काठमाडाैंमा सम्पन्न एकीकृत समाजवादीकाे १० औं राष्ट्रिय महाधिवेशनले चयन गरेकाे केन्द्रिय सदस्यमा पर्साका अन्य ३ जना नेता परेका थिए ।

९३ सदस्यीय केन्द्रिय समिति पर्साका नागेन्द्र चाैधरी, रामचन्द्र साह र चिरन्जिवी अचार्य परेका थिए । हाल आएर बनेकाे ३४४ सदस्यीय केन्द्रिय समितिमा पर्साबाट ५ जना भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *