वीरगन्ज :

नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि मतदान आज सुरु

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.2kViews
1804 Shares

जनकपुर,०७ जेठ । नेकपा एमाले धनुषाको नयाँ नेतृत्व चयनका लागि आज जनकपुरस्थित निधि भवनमा मतदान सुरु भएको छ। आन्तरिक विवादका कारण २२ वैशाखमा स्थगित भएको निर्वाचन करीब १५ दिनपछि फेरि संचालनमा आएको हो।

निर्वाचन समितिले दिएको जानकारी अनुसार, यो निर्वाचनमा १३५ पदका लागि ६२८ मतदाताले मतदान गर्नेछन्। मतदान बिहान ११ बजेबाट सुरु भई दिउँसो सवा २ बजेसम्म चल्नेछ।

अध्यक्ष पदका लागि दुई मुख्य समूहबीच प्रतिस्पर्धा चलिरहेको छ। अध्यक्ष पदका उम्मेदवार भोला यादवले निर्वाचन पुनः सुरु भएको जानकारी दिँदै आफ्नो समूह र लक्ष्मीनारायण यादव समूहबीच प्रतिस्पर्धा रहेको बताए।

२०७९ साल वैशाख २२ मा नामावली प्रकाशनलाई लिएर उठेका विवादका कारण मतदान स्थगित गरिएको थियो। निर्वाचन समितिले आन्तरिक सहमति जुटाउन प्रयास गरि पुनः मतदान तय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *