वीरगन्ज :

निलम्बित सांसद शर्माको २९औँ पेसी पनि स्थगित

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.0kViews
1574 Shares

जनकपुर,०४ भदौ । निलम्बित सांसद अभिराम शर्माको २९औँ पेसी उच्च अदालत जनकपुरमा स्थगित भएको छ। बुधवार न्यायाधीश राजुराम सिलवाल र जगदीश घिमिरेको इजलासमा पेशी तोकिए पनि निरन्तर नवौँ पटक स्थगित भएको हो।

यसअघि वैशाख २४ गते आदेश दिइएको थियो, र त्यसयता निरन्तर पेशी स्थगित हुँदै आएको छ।

शर्मा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा मुद्दामा प्रतिवादी रहेका छन्। जिल्ला अदालत महोत्तरीले उनलाई समेत जन्मकैदको फैसला सुनाएको थियो। त्यस्तै, नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापडलाई भने सफाइ दिइएको थियो।

यो मुद्दा २०८० वैशाख १ गतेदेखि उच्च अदालतमा विचाराधीन छ। २९ पटक पेशी तोकिएको यस मुद्दामा १७ पटक विभिन्न कारणले स्थगित, ६ पटक आदेश दिइएको र ६ पटक हेर्न नभ्याइने सूचीमा राखिएको देखिन्छ। शर्मा दोस्रो कार्यकालमा प्रदेश सांसद थिए। जिल्ला अदालत महोत्तरीको जन्मकैद फैसला पछि प्रदेशसभाले उनलाई २०८० वैशाख १८ गते निलम्बन गरेको थियो।

यस मुद्दामा निलम्बित सांसद शर्मा सहित जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र राय पनि प्रतिवादी छन्। उनीहरूमाथि २०७२ भदौ २५ गते दोस्रो मधेस आन्दोलनको क्रममा महोत्तरीमा असई विकलाई एम्बुलेन्सबाट हत्या गरेको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *