वीरगन्ज :

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको छः प्रधानमन्त्री

श्रेणी : BANNER

3 years
birgunj report
61Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित नेपाल संबत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले नेपाल संबतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल संबतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले व्यक्ति भन्दा सामाजिक भूमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताए ।

उनले भने,‘हाम्रो धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएको नेपाल संबतको जगेर्ना गर्दै नेपाल सम्वतलाई आगामी दिनमा यसको प्रयोगलाई बढाउँदै यसको संस्कृति र महत्वलाई जगेर्ना गर्न सबै मिलेर काम गर्न आवश्यक छ । नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या छ । गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ ।’

प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रवन्ध मिलाइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *