वीरगन्ज :

निर्वाचन नजिकिँदै जाँदा पर्सामा दल परिवर्तन तीव्र, विभिन्न पार्टी छोडेर रास्वपातर्फ युवाहरूको लहर

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.2kViews
1337 Shares

वीरगंज,०४ फागुन । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लामा दल परिवर्तनको लहर तीव्र बन्दै गएको छ। यही क्रममा पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरी करिब दुई दर्जन युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्।
मनवा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपा पर्सागढी नगर सभापति कवि अर्यालको अध्यक्षता रहेको थियो। कार्यक्रममा रास्वपाका नेता चन्द्रभूषण सिंहले नवप्रवेशी युवाहरूलाई पार्टीमा स्वागत गर्दै संगठन विस्तार र अभियान सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
रास्वपामा प्रवेश गर्नेहरूमध्ये युवा समाजसेवी रविशंकर दास चौधरी, वडा नम्बर–९ का कांग्रेस वडाध्यक्ष प्रत्यासी निरज चौधरी, भूपू प्रहरी रामाधारी यादव तथा समाजसेवी मीनबहादुर भण्डारीलगायत युवाहरू रहेका छन्। नवप्रवेशीहरूले परिवर्तनमुखी राजनीति र सुशासनको एजेन्डाका कारण रास्वपाप्रति आकर्षण बढेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले फागुन २१ को निर्वाचनपछि बालेन शाहको नेतृत्वमा सरकार गठन हुने दाबी गरे। उनले उक्त नेतृत्वले देशमा सुशासन र परिवर्तनको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *