वीरगन्ज :

निर्वाचन आयोगले निर्देशन फिर्ता नलिए अवज्ञा गर्ने डा. केसीको चेतावनी

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियानमा लागेका डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले विज्ञप्ति जारी गरी आयोगलाई निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने चेतावनी दिएका हुन् ।

केसीले विज्ञप्तिमा भनेका छन्, ‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नको लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरुलाई फौजदारी कानूनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कार्तिक ८ गते जारी गरेको विज्ञप्ती प्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं । वर्तमान राष्ट्रिय राजनीतिलाई बर्षाैदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागि निर्वाचन आयोगका पदाधिकारीहरुले पदिय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।’

केसीले आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउने भन्दा पनि नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै विज्ञप्तिमा प्रकट भएको भाष्य र मनसायले त्यही पुष्टि गरेको दावी गरेका छन् ।

उनले भनेका छन्, ‘आत्मालोचना सहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह गर्दछौं । अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको वेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौं ।’

‘नो नट अगेन’ अभियानको पक्षमा जारी भएको डा. केसीको विज्ञप्ति
राज्य संयन्त्र तथा राजनीतिक दलको नेतृत्वदायी पदमा बसी देशलाई कुशासनको दुष्चक्रमा फसाएका खलपात्रहरुलाई आगामि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माध्यमबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नेपाली नागरिकको नैसर्गिक अधिकार हो । उक्त नैसर्गिक अधिकारको अभ्यास गरी नागरिक तहबाट स्वस्फूर्त रुपमा सामाजिक सञ्जालमा नो नट अगेन अभियान चलाएको देखिन्छ ।

सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नको लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरुलाई फौजदारी कानूनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कार्तिक ८ गते जारी गरेको विज्ञप्ती प्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं । वर्तमान राष्ट्रिय राजनीतिलाई बर्षाैदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागि निर्वाचन आयोगका पदाधिकारीहरुले पदिय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।

आयोगले जारी गरेको विज्ञप्तीमा प्रकट भएको भाष्य तथा त्यसमा अन्तरनिहित मनसायलाई दृष्टिगत गर्दा आयोगका पदाधिकारीहरुले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउने भन्दा पनि आम नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउने तर्फ उद्यत भएको पुष्टी हुन्छ । निर्वाचन आयोगका पदाधिकारीबाट भएको यस्तो कार्य अशोभनीय मात्र नभइ जनविरोधी पनि रहेको हाम्रो ठहर छ ।

तसर्थ, आत्मालोचना सहित उक्त विज्ञप्ती तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह गर्दछौं । अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको वेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तीको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौं ।
डा. गोविन्द के.सी.
काठमाडौं, मितिः २०७९।७।१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *