श्रेणी : BANNER
49Views
0
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएकी छन्। राष्ट्रपति भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।
राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौको सिफारिस र २७ भदौको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिएकी हुन्।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले सेना परिचालनको लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया