वीरगन्ज :

निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेसको दाबी

श्रेणी : राजनीति

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताए ।

मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाई थियो । उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछौं र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । आगामी पाँच वर्ष सरकार चलाउने र विकासको गतिलाई तीव्रता दिने तथा जनताको समृद्धिको चाहनालाई पूरा गर्ने काम हुन्छ । हामी युवाहरुलाई स्वदेशमै राजगारी दिने गरी त्यसको अवसरको पनि आवश्यक व्यवस्था मिलाउनेछौं ।’

नेपाली काँग्रेसले नेकपा एमालेले खुलेआम निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

पार्टीका प्रवक्ता महतले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको भन्दै आपत्ति जनाए । महतले नेपाली काँग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरसः पालना गरिरहेको जिकिर गरे । उनले एमालेले जारी गरेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *