श्रेणी : BANNER
काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतलाई थप पुष्टि गरेको निष्कर्ष निकालेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मुलुकमा विद्यमान चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यकताका कारण गठबन्धनलाई निरन्तरता दिन सहमति जुटेको हो ।
‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमार्फत निर्वाचनको दौरानामा गठबन्धनलले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना भएको र यसको समीक्षा आगामी दिनमा गरिने जानकारी दिइएको छ ।
प्रतिक्रिया