
श्रेणी : BANNER
22Views
0
Shares
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार नियन्त्रण अभियानबाट कसैले तर्सिनु नपर्ने बताएका छन् । सामाजिक संजालमार्फत गृहमन्त्री श्रेष्ठले कानुन मिच्दै देश र जनताको हितविरुद्ध गर्ने बाहेक अरु तर्सिनु नपर्ने बताएका हुन् ।
उनले धनी र गरिवलाई छुट्टाछुट्टै कानुन नहुने पनि बताएका छन् । उनले भनेका छन्, ‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुनेछैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं ।’


प्रतिक्रिया