वीरगन्ज :

निजी विद्यालय सञ्चालकको जिल्लास्तरीय अन्तिम प्रदर्शन

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.4kViews
1363 Shares

जनकपुर,१८ भदौ । नयाँ शिक्षा ऐनले निजी विद्यालय बन्द हुने डरले आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले जिल्लास्तरीय अन्तिम प्रदर्शन गरेका छन्।

धनुषाका निजी विद्यालय सञ्चालकहरूले बुधबार जनकपुरधाममा विरोध ¥याली निकाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि कोण सभा गरेका थिए। विरोध ¥यालीमा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयका संचालकहरू सहभागी थिए।

धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले आजको प्रदर्शनलाई जिल्लास्तरीय अन्तिम आन्दोलनका रूपमा लिएको जानकारी दिए। उनले भने, “भदौ २३ गतेदेखि सम्पूर्ण निजी विद्यालय सञ्चालक काठमाडौँ पुगेर विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराउनेछौं। भदौ २५ गते काठमाडौँमा बृहत् विरोध ¥याली निकाल्ने कार्यक्रम छ।”

यादवले चेतावनी दिँदै भने, “सरकारले माग सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहनेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *