वीरगन्ज :

निजगढको गौरीशङ्कर क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न, अध्यक्षमा बालकृष्ण हुमागाईँ विजयी

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.2kViews
1719 Shares

बीरगन्ज, ७ चैत्र । बाराको निजगढ नगरपालिकास्थित गौरीशङ्कर क्याम्पसमा पहिलो पटक सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष पदमा अनेरास्ववियुका बालकृष्ण हुमागाईं विजयी भएका छन् ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार हुमागाईंले नेपाल विद्यार्थी संघ (नेविसंघ) का दावा लामा बोम्जनलाई मात्र ३ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पद कब्जा गरे । हुमागाईंले १३५ मत प्राप्त गर्दा बोम्जनले १३२ मतमा सीमित भए, भने अखिल (क्रान्तिकारी) का उज्ज्वल प्रसाईँ ५९ मतका साथ तेस्रो स्थानमा रहे ।

अन्य पदहरूमा भने नेविसंघको वर्चस्व देखियो। सचिव पदमा नेविसंघकी प्रवना लामाले १२४ मत प्राप्त गर्दै जित हात पारिन्, जबकि अनेरास्ववियुकी प्रेक्षा उप्रेती ११७ मतसहित दोस्रो भइन्। कोषाध्यक्ष पदमा पनि नेविसंघकै कुवरले १३७ मतसहित विजय सुनिश्चित गरे।

प्रत्यक्षतर्फको ५ सदस्यीय कार्यसमिति नेविसंघले पूर्ण रूपमा जितेको छ भने समानुपातिक मतगणनामा पनि नेविसंघ नै अग्रस्थानमा रह्यो। कुल ३६८ मतदातामध्ये ३३३ जनाले मतदान गरेका थिए, र मतगणना मंगलबार दिउँसोदेखि सुरु भई बुधबार राति ९:३० बजे सकिएको थियो।

यस निर्वाचनले गौरीशङ्कर क्याम्पसमा विद्यार्थी राजनीतिका लागि नयाँ युगको सुरुवात गरेको छ। अध्यक्ष पदमा अनेरास्ववियुको रोमाञ्चक जित भए पनि, समग्र नतिजा नेविसंघकै पकड बलियो रहेको संकेत गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *