वीरगन्ज :

निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, १३ महिना कैद सजाय

श्रेणी : BANNER

2 years
birgunj report
37Views
0 Shares

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तथा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई शुक्रबार सजाय सुनाएको हो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घरजग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको हो ।

खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने भएका छन् । अख्तियारले २३ पुस ०७५ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो। जसमाथि करिब पाँच वर्षपछि फैसला आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *