
श्रेणी : प्रदेश
नवलपरासी,११ जेठ । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित नारायणी नदीमा माछा मार्न गएका एक पुरुष डुबेर बेपत्ता भएका छन्। गैंडाकोट–७ का ४० वर्षीय यामलाल दराई (काइँला) बेलुकीदेखि सम्पर्कविहीन छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार यामलाल दराई बेलुकी आफ्ना दुई साथीसँग माछा मार्न गएका थिए। राति करिब ८ बजे उनी अचानक नदीमा डुबेको र त्यसपछि देखिन छाडेको प्रत्यक्षदर्शीले बताएका छन्।
घटनापछि शुक्रबार राति गरिएको प्रारम्भिक खोजीमा सफलता नपाएपछि शनिबार बिहानैदेखि उद्धार कार्य तीव्र पारिएको छ। खोजीका लागि सात जना नेपाल प्रहरीका जवानसहित सशस्त्र प्रहरीका गोताखोर टोली परिचालन गरिएको डिएसपी नेपालले जानकारी दिए।
डुबेका यामलालसँगै रहेका अन्य दुई जना भने सुरक्षित रूपमा फर्किएका छन्। उनीहरूले दिएको विवरणका आधारमा खोजी कार्य जारी छ।


प्रतिक्रिया