वीरगन्ज :

नारायणी नदीबाट सशस्त्र प्रहरीले २ शव निकाले

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.9kViews
1355 Shares

चितवन,२७ चैत । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई जनाको शव निकालेको छ ।

ती शव स्थानीय १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको रहेको प्रहरीले जनाएको छ ।

उनीहरु चैत २६ गते नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

सो टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट आज बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो साढे १२ बजे निकाल्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *