
श्रेणी : प्रदेश
2.5kViews
1600
Shares
नवलपुर,०२ भदौ । पूर्वी नवलपरासीको नारायणी नदी किनारमा आइतबार एक बालकको शव फेला परेको छ ।
जिल्लाको मध्यबिन्दु नगरपालिका–१२ मा भेटिएको शव करिब १० वर्षको जस्तो देखिने बालकको भएको प्रहरीले जनाएको छ । शव सडेगलेको अवस्थामा भेटिएको र अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मशु नेपालले जानकारी दिए ।
यसअघि शनिबार मात्रै नवलपुरकै गैंडाकोटस्थित नारायणी किनारमा एक पुरुषको शव फेला परेको थियो । लगातार दुई दिनमा शव फेला परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया