वीरगन्ज :

नारायणी अस्पतालको सरसफाइ सुधारका लागि मेयर सिंहको अनुगमन

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.0kViews
1303 Shares

बीरगन्ज,२० पुस । नारायणी अस्पताल र ऐश्वर्य प्रसूति गृहको सरसफाइ व्यवस्थापन सुधार गर्न बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा अनुगमन सम्पन्न भएको छ। सरसफाइको दयनीय अवस्थाप्रति चासो व्यक्त गर्दै मेयर सिंहले समस्याहरूको पहिचानसहित तत्काल सुधारका कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अनुगमनमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुम्मनलाल दास, विकास समितिका अध्यक्ष धिरज गुप्ता, महानगरको सरसफाइ महाशाखा प्रमुख सर्फद्दीन मियाँ, र ग्रीनसिटी सामुदायिक सेवाका अध्यक्ष जयप्रकाश खेतानसहित विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मेयर सिंहले स्वास्थ्य संस्थाहरूको सरसफाइ सुधारका लागि दीर्घकालीन योजना निर्माण र सेवा प्रभावकारी बनाउन जोड दिए। नारायणी अस्पतालका मेसु डा. दासले पनि समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

अनुगमनका क्रममा सहभागी पदाधिकारीहरूले संस्थागत सरसफाइ व्यवस्थापन सुधार्न सामूहिक प्रयास आवश्यक रहेकोमा सहमति जनाए। साथै,बीरगन्ज क्षेत्रका स्वास्थ्य सेवाहरूमा गुणस्तर सुधार्न महानगरपालिकाले प्राथमिकता दिनुपर्नेमा सबै पक्ष एकमत भए।

यस अनुगमनले नारायणी अस्पताल लगायत बीरगन्जका अन्य स्वास्थ्य संस्थाहरूमा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न प्रेरणा दिने अपेक्षा गरिएको छ। स्थानीयवासीको स्वास्थ्य र सुविधालाई सुनिश्चित गर्न यसले नयाँ दिशा दिन सक्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *