वीरगन्ज :

नानोक्रिस्टल कार्यका लागि तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
21Views
0 Shares

फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।

क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

पदार्थको व्यासमा रहेका केही परमाणुका इलेक्ट्रोनको आवागमनमा बाधा उत्पन्न गर्ने अत्यन्त साना कणहरूमा उनीहरूको कामका लागि सम्मानित गरिएको पुरस्कार प्रदान गर्ने रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।

क्वान्टम डट्सको खोज र संश्लेषणका लागि तीनै जना वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *