वीरगन्ज :

नागरिक उन्मुक्ति पार्टीले माग सम्बोधन नभई सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने

श्रेणी : BANNER

3 years
birgunj report
42Views
0 Shares

बुटवल । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । शनिबार बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको बताएकी हुन् ।

उनले भनिन्,‘हामीले टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाई गर्ने कुरामा अडान लिएका छौं । टीकापुरका निर्दोष थारुहरुलाई रिहाई गर्नुस् । हामी सरकारमा जान्छौं भनिरहेका छौं । सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौं भन्ने हाम्रो कुरा हो । त्यसो भएन भने हामी बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

त्यस्तै उनले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ र प्रदेश सरकारमा पनि सहभागी नहुने बताइन् । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गरेको छ । तर विश्वासको मत दिनुअघि आफ्ना माग पूरा गराउन उसले दवाव दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *