वीरगन्ज :

नागरिकलाई शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई छुट दिँदैनौंः गृहमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । उप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दवाव वा प्रभाव आएपनि छुट दिन नसकिने बताएका छन् । साथै दोषी नउम्कने, निर्दोष नफस्नेगरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी समेत उनले दिए ।

एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित ३० भन्दा बढी नेताहरू संलग्न प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री श्रेष्ठलाई बुधबार मन्त्रालयमा ज्ञापनपत्र दिएर नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई गिरफ्तार गरी हदैसम्मको कानुनी कार्वाही गर्न माग गरेको सन्दर्भमा गृहमन्त्रीले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *