वीरगन्ज :

नागरिकता विधेयक प्रमाणीकरण नेपालको संविधान र स्थापित कानुन विपरीतः एमाले

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण संसदको अपमान भएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयक प्रमाणीकरण संविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको हो ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको कदम संसदीय प्रक्रिया र स्थापित मान्यताविपरीत भएको बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

उनले भने, ‘नेपालको संविधान र स्थापित कानुन विपरीत छ । विधेयक प्रमाणीकरणले संविधानको ठाडो उल्लंघनको विरोध गर्छ ।’ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक समयसीमा भित्र विधेयक प्रमाणीकरण गरेकी थिइनन्।

एमालेले तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निष्क्रिय भइसकेको बताउँदै एमालेले नयाँ संसद् आइसकेको अवस्थामा विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको बताएको हो ।

एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको केहीघण्टा अघिमात्रै प्रमाणीकरण हुनु झनै आन्तरिकभन्दा पनि बाह्य चासो हो कि भन्ने परेको आशंका गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *